माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद सचिवालयमा


काठमाडौं । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि  भ्रष्टाचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ।

 सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका हुन् ।

 आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो माग दाबी गरेर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ ।

 सभामुख घिमिरेले नेपालकाे सांसद पद निलम्बनमा परेकाे जानकारी अबकाे बैठकमा गराउने छन् ।