भोलि १ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक


काठमाडौँ।

प्रतिनिधि सभा बैठक भोलि (बिहीबार) दिउँसो १ बजेसम्मका लागि सारिएको छ। सूचना टाँस गरेर बैठक बिहिबारका लागि सारिएको हो।

यसआजै १ बजे बस्ने भनिएको बैठक बस्न नसकेपछि दिउँसो सवा ३ बजेसम्मलाई सारिएको थियो। उक्त समयमा पनि बैठक बस्न नसकेपछि भोलिसम्मलाई सारिएको हो।

हिजो मंगलबार पनि बैठक बस्दै नबसी आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सूचना टाँसिएको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कनेक्सन रहेको दाबीसहित प्रतिपक्षी दलले उनको राजीनामा र यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनलाई बटमलाइन बनाउँदै आएका छन्।