नर्भिकले निःशुल्क ब्रेन ट्युमर ओपीडी सञ्चालन गर्दै


काठमाडौं ।

नर्भिक इन्टरनेसनल अस्पतालले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा आगामी जेठ २४ गते वरिष्ठ न्युरोसर्जनको टिमद्वारा निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विभिन्न रोगको निःशुल्क ओपीडी र परामर्श सेवा सञ्चालन गर्दै आएको नर्भिकले वरिष्ठ कन्सल्टेन्ट न्युरोसर्जन प्राडा राजीव झाको नेतृत्वमा निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो ।

दिउँसो २ बजदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने उक्त निःशुल्क ओपीडीमा वरिष्ठ कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्युरोसर्जनहरू डा. नम्रता खड्का र डा. राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि सेवा दिनुहुनेछ ।