गृहमन्त्री र आन्दोलनरत व्यवसायीबीच छलफल सुरु


काठमाडौँ।

देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच गृह मन्त्रालयमा छलफल शुरु भएको छ ।केहीबेर अघि दुई पक्षबीच छलफल सुरु भएको हो ।

विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभर सार्वजनिक यातायात ठप्प छन्। गाडी नचल्दा यात्रीहरु मर्कामा परेका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।