काठमाडौँ।
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र दिपक सिंहसहित ७ जना रिहा भएका छन्। राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा थापासहित अन्य ७ जना पक्राउ परेका थिए भने राप्रपाका सांसद दिपक सिंह उनीहरुलाई भेट्न जाँदा प्रहरीलाई दुर्व्यबहार गरेको आरोपमा प्रहरी परिसरबाटै पक्राउ परेक्का थिए।
राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ ।
आन्दोलनको क्रममा प्रहरीले कमल थापा, शिला राणा, रामचन्द्र लामिछाने, बिनोद कपाली र सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।











प्रतिक्रिया