जीप दुर्घटना अपडेट,मृतक तीन जनाको पहिचान खुल्यो


कैलाली । जिल्लाको जगन्नाथ गाउँपालिकामा मङ्गलबार जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।