यस्तो छ नगर प्रहरी प्रमुख पाण्डेले बुझाएको ७ बुँदे स्पष्टीकरण 

-६ बुँदामा दिए स्पष्टीकरण, केही बुँदामा प्रमुख बालेन्द्र साहको निर्देशन मानेको भनाई 

29.23k
Shares

काठमाडौं । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्टीकरण बुझाएका छन् । उनले आज प्रमुख प्रसासकीय अधिकृत सचिवालयमा स्पष्टीकरण बुझाएका हुन।   प्रहरी प्रमुख पाण्डेलाई यही ५ गते स्पष्टीकरण सोधिएको थियो । प्रहरी प्रमुख पाण्डेले ७ बुँदे स्पष्टीकरणको उत्तर ६ बुँदामा  दिएका छन् । 

 पाण्डेले प्रमुख प्रशासकीय अधिकृतले सोधेको बुँदागत स्पष्टीकरणको उत्तर बुदाँगत रुपमै पेश गरेका छन् । पाण्डेले पहिलो बुँदाको  उत्तर  बुँदागत रुपमै  दिएका छन्  । पहिलो बुँदाको उत्तर दिँदै भनेका छन्–कामपाको सार्बजनिक सम्पत्तीको रुपमा रहेको विशिष्ट व्यत्तिहरुले प्रयोग गर्ने सवारी साधनका अनधिकृत प्रयोग हुन नदिन साथै सोको सुरक्षा संवेदनशिलतालाई समेत मध्येनजर गर्द नियमित रुपमा गरिने कार्य भएको उल्लेख गरेका छन् ।  पहिलो बुँदामा प्रप्रअ गुँरागाईले  चैत २१ गतेका दिन लामो बिदापछि म काठमाडौं कामपा कार्यालय प्रमुखका रुपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा आउँदा तपाँईले आफू मातहतको महानगर प्रहरी बलको अनधिकृत परिचालन गरी अभद्र व्यवहार र गैह्रकानूनी हर्कत गरेको अवस्था रहेको उल्लेख छ ।

  प्रहरी प्रमुख पाण्डेले दोस्रो बुँदाको उत्तर सरोज गुँरागाई आउने कार्यक्रमबारे महानगर प्रहरी बललाई कुनै जानकारी नभएको अवस्थामा महानगरपालिका कार्यालय परिसरमा नियमित भन्दा बढी भिडभाड भई जनप्रतिनिधि कमर्चारी बाहेक अन्य व्यक्तिहरुसमेत  हुन सक्ने भएकोले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखि कर्मचारी, जनप्रतिनिधि तथा कार्यालयको सुरक्षाको प्रबन्ध गर्न प्रमुख वालेन्द्र साहज्युको आदेश अनुसार गरिएको ब्यहोरा अनुरोध गर्दछु  भनिएको छ । 

सो बुँदामा प्रपअको रुपमा मैले प्रयोग गर्दै आएको सवारी साधन ह्रवील लक गर्ने आदेश दिइ, ह्वील लक गर्न लगाई कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको भन्ने जानकारी सम्बन्धित कर्मचारीबाट प्राप्त हुन आएको तथा उक्त दिन म अन्य विकल्प प्रयोग गरी कार्यालय आउनु परेको स्पष्टीकरण सोधिएको थियो ।
 
  स्पष्टीकरणमा  प्रहरी प्रमुख पाण्डेले मेयर वालेन्द्रको आदेश अनुसार  काम गरेको आसय व्यक्त गरेका छन् । प्रपअ हाजिर हुन आउँदा महानगर प्रहरी बलमा कार्यरत प्रहरीहरुलाई कामपाको प्रवेशद्वार तथा कार्यालय परिसरभित्रका विभिन्न स्थानमा भेला गराई प्रहरीको साङ्गलो बनाई बाधा अवरोध गरेको र हुलहुज्जत गरी कार्यालयको कार्य वातावरणमा आतङ्क सिर्जना गर्दै कार्यालय प्रवेश गर्न अवरोध खडा विषय ३ नम्बर बुँदामा उल्लेख छ । सो बुँदाको  प्रहरी प्रमुख पाण्डेले स्पष्टीकरण दिएका छन–  प्रमुख साहको आदेश अनुसार कर्मचारी र जनप्रतिनिधि बाहेक अन्य व्यक्ति समेत हुनसक्ने भएकोले कार्यालयको सुरक्षा दिएको  उल्लेख गरेका छन् । 

 बुँदा नम्बर ४ र ५ को सम्बन्धमा श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्युको कार्यकक्षको तालाबन्दी तथा  अन्य कागजात सम्बन्धमा मलाई कुनै जानकारी नभएको र सो कार्यको लागि कुनै निर्देशन नगरिएको समेत अनुरोध गर्दछु भनिएको छ । सो बुँदामा  प्रप्रअको कक्षमा तालाबन्दी गरि हाजिर कपी समेत नदिएको उल्लेख थियो । 

 बुँदा नं ६ को उत्तर दिँदै पाण्डेले  भनेका छन् –कामपाका कर्तब्यनिष्ट कर्मचारी रहेको कुरा निर्बिबाद नै छ । मैले सदैव श्रीमान् प्रप्र अको आदेश पालना गरेको अवस्था हो । श्रीमानको गैर हाजिरीमा कामपको अन्तिम निर्णयकर्ता श्रीमान् प्रमुख वालेन्द्र  साहज्युको आदेश पालना गरेको मात्र हो । मैले गर्नुपर्ने आचरण र अनुशासन विपरित कार्य नगरेको ब्यहोरा अनुरोध गर्दछु । 

 मिडियामा अनर्गल प्रचारवाजी गरेको  प्रश्नकोे उत्तर दिँदै प्रहरी प्रमुख पाण्डेले बुदा नं ६ मा लेखेका छन्– सञ्चारमाध्यममा अतिरन्जिनापुर्णले कामपाको प्रतिष्ठा विरुद्ध प्रचारवाजी भएको अवस्थामा संचारमाध्यमबाट सोधनी हुदा कामपाभित्र कुनै विवादको अवस्था नरहेको स्पष्ट पार्न आफ्नो अभिव्यक्ति व्यक्त गरेको मात्र हुँ । मैले सदैव कामपाको नीति तथा निर्णय बमोजिम कुरामात्र संचारमाध्यममा प्रस्तुत गरेको ब्यहोरा अनुरोध गर्दछु ।  साथै मैले उपप्रमुख लगात अन्य कुनै जनप्रतिनिधिसंग मुखमुखै लाग्ने तथा अमर्यादिन ब्यहोरा देखाएको होइन । 

 पाण्डेले अन्तिममा लेखेका छन्–अन्य कर्मचारी सहकर्मीसंग समेत गर्नुपर्ने सहकार्य समेत मैले गरेको छु । आफूले गर्नुपर्ने कर्तब्य पालना नगरेको तथा अनुशासनहिन कार्य गरेको भन्ने दृष्टीकोणबाट परिस्थितिजन्य अवस्थाबाट पर्न गएको शंकाको कारण मलाई कारबाही गर्नुपर्ने अवस्था नभएको ब्यहोरा अनुरोध गर्दछु । 
 

यसअघि प्रप्रअ गुँरागाईले उपमेयर सुनिता डंगोल, नेपाली काग्रेस र एमालेका वडाअध्यक्ष, विभागीय प्रमुख लगायत अधिकांस उच्चतहको कार्मचारीको रायपछि स्पष्टीकरण सोधेका थिए ।   

 कामपा प्रहरी ऐन, २०५० को दफा ५ बमोजिम जुन अधिकारीको रेखदेख, नियन्त्रण र निर्देशनमा रही परिचालित हुनुपर्ने तथा जसको आदेश र निर्देशन पालना गर्नु महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको छ, सोही अधिकारी बिदा पछि कार्यालय प्रवेश गर्दा अवरोध सिर्जना गर्ने उद्देश्यले गैह्रकानूनी क्रियाकलाप कुन उद्देश्य पूर्ति हेतु किनगर्नु भएको हो ? तपाँईलाई काठमाडौं महानगरपालिका महानगर प्रहरी ऐन, २०८० बमोजिम किन कारबाही नगर्ने ? यस सम्बन्धमा पत्र बुझी लिएको मितिले सातदिनभित्र रितपूर्वक स्पष्टिकरण पेशगर्नु हुन महानगर प्रहरी ऐन २०५० को दफा ३९ को उपदफा ३ बमोजिम सूचित गर्दछु ।
 म्यादभित्र स्पष्टिकरण नवुझाएमा वा स्पष्टिकरण चित्त बुझ्दो नभएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत जानकारी गराउँदछु –स्पष्टीकरणपत्रमा सोधिएको थियो  सोही आधारमा प्रहरी प्रमुख पाण्डेले आज स्पष्टीकरण दिएका हुन्  ।