बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ चिसापानी बस्ने ४४ वर्षीय सुदिप अर्याललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।