काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि नियमित सोमबार बस्ने मन्त्रिपरिषद् बैठक हिजो स्थगित भएको थियो ।
मन्त्रिपरिषद् स्थगित गरेर प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट गर्ने तयारी भए पनि हुन सकेको थिएन । आज दुई नेताबीचको भेटवार्ता भएपछि आजै बेलुका ५ बजे बस्ने गरी बैठक बोलाइएको हो।
मन्त्रिपरिषद् बैठक अघि गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ। समितिको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।
गत चैत १० गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिको बैठक अहिलेसम्म एकपटक पनि बसेको छैन।
त्यसपछि आजै अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्दै छ। स्रोतका अनुसार सिफारिस समितिको बैठकपछि मन्त्रिपरिषद्ले गभर्नर नियुक्ति सम्बन्धमा औपचारिक निर्णय लिन सक्छ। नेपाली कांग्रेसले यसअघि डा. विश्व पौडेलको नाम अगाडि सारेको छ।
अब प्रधानमन्त्री र कांग्रेस सभापतिको सहमतिपछि आजको मन्त्रिपरिषद बैठकबाट अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया