· काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साहले नियुक्ति गरेको २४ घण्टा बित्न नपाउँदै समितिमा नबस्ने निर्णय गरेका सुसासन समितिका संयोजक दलबहादुर कार्कीलाई मेयरका स्वकीय सचिव भूपदेव शाह र प्रशासन विभाग प्रमुख धु्रबकुमार काफ्लेले वडा कार्यालयमै पुगेर खादा र माला लगाइएदिएका छन् ।
संयोजक फकाउन आज बिहान करिब साढे ११ बजे ज्ञानेश्वरस्थित वडा कार्यालय पुगेका स्वकीय सचिव शाह र प्रशासन विभाग प्रमुख काफ्लेले संयोजकको अधिकार क्षेत्रभित्र पर्नेगरी सवारी साधन समेत प्रयोग गर्न आग्रह गरेका थिए ।
नेपाली काग्रेँसबाट निर्वाचित अध्यक्ष कार्कीले कार्यपालिककाको बैठकको निर्णय बेगर मेयरको तजबिजबाट भएको नियुक्ति नमान्ने जनाउदै आइतबार पदमा नबस्ने पत्र पठाएका थिए । उनीसंगै सुचनाप्रबिधि समितिका संयोजक वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद राजभण्डारीले समेत पद अस्वीकार गरेका थिए ।
पद अस्वीकार गरेका संयोजक कार्कीलाई फकाउन स्वकीय सचिव शाह आफै झोलामा खादा बोकेर वडा कार्यालय पुगेका थिए । उता विधायन समिति रोजिना श्रेष्ठले संयोजक हुनासाथ गाडी सुविधा मागेको खुलेको छ ।
गाडी सुविधा मागे लगत्तै स्वकीय सचिव शाह र कानुन विभाग प्रमुख वसन्त आचार्य १६ नम्बर वडा कार्यालय पुगेर वडा अध्यक्ष एवं संयोजक श्रेष्ठलाई खादा लगाएर स्वागत गरेका थिए । शाह र आचार्य बिहान संयोजक श्रेष्ठ भेट्न वडा कार्यालय पुगेका थिए । संयोजकमा नियुक्ति हुनासाथ अध्यक्ष श्रेष्ठलाई कामपाले सुविधाको टाटा नेक्सनको इलेक्ट्रिक गाडी दिएको थियो ।
यसअघि महानगरपालिकको २०७९ असार १० गते बसेको चौथो कार्यपालिकाको बैठकले १२ विषयगत समिति बनाउने निर्णय गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडलको सिफारिसपछि समिति गठन भएको थियो ।
मेयर साहको सचिवालयको जेठ १ गते चलानी नम्बर ६२०, ६२१ र ६२२ उल्लेख गरी तीनजना कार्यपालिका सदस्यलाई संयोजकको जिम्मेवारी तोकिएको पत्र पठाएको थियो ।
नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम १ बमोजिम नयाँ संयोजक तोकेका थिए ।











प्रतिक्रिया