विराटनगर।
कोशी प्रदेशका चार जना प्रदेशसभा सांसदहरु सवार रहेको सवारीसाधन मोरङको कानेपोखरीमा आइतबार बिहान दुर्घटनामा परेको छ। सांसदहरु झापाबाट विराटनगरमा बस्न लागेको प्रदेशसभा बैठकमा सहभागी हुन आउँदै थिए।
बिएई १४०६ नम्बरको सांसद सवार गाडीलाई बा ५ प ३५२० नम्बरको अर्को कारले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारीसाधन जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र खड्काको हो। प्रारम्भिक अनुसन्धान अनुसार, डिएसपी खड्का सवारी चलाउँदा निदाएको आशंका गरिएको छ।
दुर्घटनामा प्रदेशसभा सदस्यहरु नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ, र विद्या चाम्लिङ्ग सवार थिए। उनीहरु सबैको अवस्था सामान्य रहेको र गम्भीर चोटपटक नलागेको बताइएको छ।











प्रतिक्रिया