रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज पनि  ‘हेर्न नभ्याइने’मा


काठमाडौं ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट  आज पनि ‘हेर्न नभ्याउने’मा परेको छ । लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश  नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याइने’ मा परेको हो ।

 लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिँदै आएको थियो । याे सहित पाँचाै पटक सरेको हो ।  

 गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परेपछि रास्वपा सांसद सोभिता गौतमले पनि संसदमा प्रश्नसमेत उठाएकी थिइन्। 

 सभापति लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।