काठमाडौं ।
चालू आर्थिक वर्षमा १ खर्ब ८८ अर्ब ३० करोड रुपियाँ ऋण थपिएसँगै सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब ४० करोड ३७ लाख रुपियाँ पुगेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ४२ दशमलव ९४ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको १० महिनामा सरकारले ३ खर्ब ९० अर्ब रुपियाँ ऋण लिएको छ भने ३ खर्ब ८ अर्ब रुपियाँ ऋण भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । आर्थिक वर्षको सुरुवातमा ऋणको भारा २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँ मात्रै थियो ।
वैशाख मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड ४५ लाख र बाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड ९२ लाख रुपियाँ रहेको छ । आन्तरिक ऋण जीडीपीको २२ दशमलव २० प्रतिशत र बाह्य ऋण २३ दशमलव ७६ प्रतिशत रहेको छ । वैशाखमा सार्वजनिक ऋण प्राप्त गर्नेभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कुल सार्वजनिक ऋणको दायित्व केही घट्न गएको छ ।
चैत मसान्तसम्म २६ खर्ब ६६ अर्ब २६ करोड रूपियाँ सार्वजनिक ऋण रहेको थियो । गत महिना झण्डै ४५ अर्ब रुपियाँले ऋण घटेको छ । तर, विनिमय दरमा भएको वृद्धिका कारण यस अवधिमा ४८ अर्ब १९ करोड २४ लाख रुपियाँ नोक्सानी भएको छ । चैत महिनासम्म ७२ अर्ब रुपियाँभन्दा बढी घाटा थियो ।
कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । गत साउन १ गतेसम्म आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो । जनसंख्याको आधारमा प्रतिव्यक्ति ऋणको भार ९० हजार रुपियाँको हाराहारीमा पर्न जान्छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म ३ खर्ब ९० अर्ब ८३ करोड ऋण प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको ७१.४५ प्रतिशत हो । यो अवधिमा सरकारले ३ खर्ब १ अर्ब १४ करोड आन्तरिक ऋण तथा ८९ अर्ब ६८ करोड बाह्य ऋण प्राप्त गरेको छ । आन्तरिक ऋणको प्राप्ति लक्ष्यको ९१.२५ प्रतिशत र बाह्य ऋणको प्राप्ति लक्ष्यको ४१.४३ प्रतिशत पुगेको छ ।
चालू आव २०८१-८२ मा ऋण सेवा खर्चका लागि ४ खर्ब २ अर्ब रुपियाँ विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक बजेटको ७६.४९ प्रतिशत हो। कुल ऋण सेवा खर्चको परिमाण कुल ग्राहस्थ उत्पादन (जीडीपी) को दशमलव शून्य ५ प्रतिशत रहेको छ । सरकारले चालु आवको १० महिनामा २ खर्ब ६५ अर्ब ६७ करोड आन्तरिक ऋण र ४२ अर्ब ४७ करोड बाह्य ऋणको दायित्व घटाएको छ । यस अवधिमा २ खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ साँवा भुक्तानी तथा ५७ अर्ब ४२ करोड रुपियाँ ब्याज भुक्तानीमा खर्च भएको छ ।
वैशाखमा सार्वजनिक ऋण प्राप्त गर्नेभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कुल सार्वजनिक ऋणको दायित्व केही घट्न गएको छ । चैत मसान्तसम्म २६ खर्ब ६६ अर्ब २६ करोड रूपियाँ सार्वजनिक ऋण रहेको थियो । गत महिना झण्डै ४५ अर्ब रुपियाँले ऋण घटेको छ । तर, विनिमय दरमा भएको वृद्धिका कारण यस अवधिमा ४८ अर्ब १९ करोड २४ लाख रुपियाँ नोक्सानी भएको छ । चैत महिनासम्म ७२ अर्ब रुपियाँभन्दा बढी घाटा थियो ।











प्रतिक्रिया