काठमाडौं ।
भ्याली पब्लिकले आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० ले पराजित ग¥यो । भ्याली पब्लिकका आर्यन गुरुङले १२ स्कोर गरे । लालीगुराँस नेसनल एकेडेमी तेश्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३६–२० ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ अंक जोडिन् । फेरिल्यान्ड तेश्रो भयो ।
जुनियर ब्वाइजमा रियान शेरचन र सिनियर गल्र्समा लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै भ्याली पब्लिकका हुन् । जुनियर ब्वाइजमा लालीगुराँसका साहिद पुन र सिनियर गल्र्समा फेरिल्यान्डकी रेणुका तामाङ सर्वाधिक स्कोरकर्ता बने ।
जुनियरतर्फ ब्वाइजमा न्युटनका आशिष पुन र गल्र्समा क्यान्भासकी बसन्त ऋतु तथा सिनियर गल्र्समा ग्रिनल्यान्डकी बिहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र केभीकेएसएस उदीयमान टिम ठहरिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले पुरस्कृत गरे । बैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेका थिए ।











प्रतिक्रिया