ब्राड पिट तेस्रो बिहे गर्दै


काठमाडौं ।

हलिउड स्टार ब्राड छिट्टै तेस्रो बन्धनमा बाँधिदै छन्। उमेरले ६१ वर्षका पिटले विवाहका लाागि हालै आफ्नी प्रेमिका इनेस डी रामोनलाई प्रस्ताव राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ देखि डेट गर्दै आइरहेका ब्राडले इनेससँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नका लागि न्युजिल्यान्डमा फिल्म सुटिङका लागि जानुअघि प्रस्ताव राखेका हुन् । इनेस पेशाले गहना डिजाइनर हुन् ।

पूर्वपत्नी एमव चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीका साथ लामो समयदेखि चलेको सम्बन्ध विच्छेदको मुद्दापछि यसै वर्ष औपचारिक रूपमा सम्बन्धविच्छेद गरेका पिट अब नयाँ जीवन शुरुआतमा अग्रसर देखिएका हुन्। ब्राडले सन् २००० मा फ्रेन्ड्स सिरिजकी अभिनेत्री जेनिफर एनिस्टका साथ पहिलो विवाह गरेका थिए । यो विवाह सन् २००५ मा टुंगिएको थियो ।

खासमा सोही वर्ष एन्जेलिना र ब्राडको मिस्टर एन्ड मिसेस स्मिथ फिल्मको सुटिङका क्रममा प्रेम सम्बन्धको खबर फैलिएपछि जेनिफरले आपसी मतभेदका कारण भन्दै सम्बन्ध विच्छेदको माग गरेकी थिइन् । सन् २००५ मा सार्वजनिक रूपमा स“गै देखा पर्न थालेका उनीहरु ब्रान्जेलिना नामले प्रसिद्ध भएका थिए ।

उनीहरुले सन् २००६ मा आफ्नो पहिलो सन्तान अपनाएका थिए । सन् २०१४ मा विवाह गरेका उनीहरुको सन् २०१६ मा एक निजी विमान यात्राको क्रममा विवाद भएपछि एन्जेलिनाले सम्बन्ध विच्छेदको निवेदन दिएकी थिइन् । उनीहरुको ८ वर्ष लामो कानुनी प्रक्रियापछि गत डिसेम्बरमा सम्बन्ध विच्छेद भएको थियो ।