प्रेम भावमा प्यारी छोरी


आगामी शुक्रबार रिलिजमा आउने फिल्म नरसिंहा : अवतारमा समावेश मेरी प्यारी छोरी बोलको गीत सार्वजनिक गरिएको छ ।

स्वरूपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतले बाबु र छोरीबीचको प्रेम प्रस्तुत गरेको छ ।

सार्वजनिक गीतको भिडियोमा ख्यातिप्राप्त अभिनेता राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एल्भिना खड्कालाई फिचर्ड गरिएको छ । गीतमा छोरीप्रतिको बाबुको प्रेम र दम्पतीबीचको प्रेमभाव प्रस्तुत गरिएको छ। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

दिवाकर भट्टराईको लेखन र निर्देशनमा बनेको फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजीवजंग बस्नेत, दीपा शाहीलगायतका कलाकारले अभिनय गरेका छन् ।

नेम महर्जन, नरेन्द्र महर्जन, दीपकप्रसाद ढकाल र ध्रुव न्यौपानेद्वारा निर्मित फिल्ममा चन्द्र पन्तको कथा, रामजी लामिछानेको कोरियोग्राफी, राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।