कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेटवार्ता


काठमाडौँ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

शर्माले पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगको भेटपछि सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको उल्लेख गरेका छन्।

शर्माले लेखेका छन्- ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’