कपिलवस्तुमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु


काठमाडौं ।

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ।

बुद्धभूमि नगरपालिका–१ बसन्तपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा शुक्रबार बिहान पौने ६ बजे ठक्कर दिएको थियो।

गम्भीर घाइते दुबैजनाको जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।

कार चालक सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।