काठमाडौं ।
जिल्ला हुलाक कार्यालय, बाराका कार्यालय प्रमुख नायब सुब्बा बलिराम प्रसाद कुर्मीसहित पाँचजना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड रुपियाँभन्दा बढी सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । उहाँहरूले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलन भएको बचत रकम कुनै आधिकारिक अभिलेख नराखी अपचलन गरेको आरोप लगाइएको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हुलाक बचत बैंकमा जनताको निक्षेप रकम संकलन गरी सो विवरण बचतकर्ताहरूको पासबुक तथा लेजर बुकमा मात्र जनाई, कार्यालयको दैनिक नगदी रजिस्टरमा नजनाई, प्रविष्टि नगरी, बैंक दाखिला गरी, केन्द्रीय कार्यालयमा जानकारी नगराई हिनामिना गरेको पाइएकोे छ ।
हुलाक बचत बैंक नियमावली, हुलाक सेवा कार्यविधि निर्देशिका, हुलाक बचत बैंक कार्य सञ्चालन निर्देशिकाले निर्देश गरेको कार्यविधि एवं जिम्मेवारी समेतको पालना नगरी तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी बचतकर्ताहरूको बचत गर्नुपर्ने रकम अपचलन गरी आपसमा बाँडफाँट गरी बचतकर्ताहरूबाट उठेको बचत दुरुपयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयो
आरोपपत्रमा उल्लेख भएअनुसार, कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी बचतकर्ताबाट संकलित रकम आपसी बाँडफाँट गरी, रकमको साँवा–ब्याजसहित पाँच करोड ३५ लाख ६४ हजार दुई सय ७९ रुपियाँ ३३ पैसा दुरुपयोग गरेको देखिएको छ ।
तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानँ, अदालत प्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि पनि आरोप लगाइएको छ । उनीहरूले कार्यसम्पादनको क्रममा आवश्यक लेखाजोखा नगरी, नगदी रजिस्टर तथा केन्द्रीय कार्यालयमा विवरण नपठाई, रकम दाखिला भए नभएको छानबिन नगरी अपचलनमा संलग्न रहेको विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार सबै आरोपितहरूविरुद्ध बिगो कायम गरी सोही रकम बराबर कैद र जरिवानाको मागदाबी गरिएको छ ।











प्रतिक्रिया