काठमाडौँ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सांसद राई गत वैशाख १३ गते पक्राउ परेकी थिईन् । उनी पक्राउ परेको १७ दिनमै मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले आज सांसद राईविरुद्ध मुद्दा दायर गरेको छ । सांसद राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।











प्रतिक्रिया