रिमै भदौमा


खिल बहादुर गुरुङको निर्देशनमा निर्मित फिल्म रिमै फस्टलुक पोस्टर सार्वजनिक गर्दै सोमबार बुद्ध जयन्तीको अवसर पारेर आगामी भदौ २७ गते रिलिज हुने घोषणा गरिएको छ।

सार्वजनिक तीन पोस्टर मध्ये पहिलोमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन् भने दोस्रोमा उनीहरूसँगै अभिनेत्री गौमाया गुरुङलाई स्थान दिइएको छ। तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकार पोस्टरमा छन्। गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घलेद्वारा निर्मित फिल्ममा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ, बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगरलगायतले अभिनय गरेका छन्।


वीरवल घले कार्यकारी निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेको फिल्ममा उपेन्द्र सुब्बाको लेखन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत, शैलेन्द्रध्वज कार्कीको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ।