टिपर पल्टिदा घटनास्थलमै चालकको मृत्यु


काठमाडाैं ।

सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।

आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।