उपसभामुख राना बंगालादेश भ्रमणमा


काठमाडौँ। 

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगालादेश  प्रस्थान गरेकी छन्। 

बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् ।

 इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् संगको सहकार्यमा  वैशाख २८ मा आयोजना गरेको  कार्यक्रममा उपसभामुख रानाले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्नेछन् । 

उनले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रका देखि साझा समस्या र चुनौती, सामाजिक तथा  सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभरि जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर संशोधन गर्ने कार्यक्रम छ । 

उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।