काठमाडौं ।
भारत–पाकिस्तानबीच युद्ध शुरु भएपछि नेपालस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरी कुनै अवान्छित गतिविधि नहोस भन्ने हेतुले सुरक्षा निकायले ती दूतावास वरिपरी सुरक्षा सतर्कता बढाएको छ ।
दुवै देश नेपालका लागि छिमेकी मुलुक भएको र ती दूतावासमा कुनै पनि गतिबिधि नहोस भन्ने हेतुले सुरक्षा सतर्कता अपनाइकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले न्युन अफ नेपाललाई जानकारी दिए ।
दुई देशबीचको युद्धको छायाँ नेपाालमा नपरोस भन्ने चाहाना राख्दै आएको सरकारले दुई देशबीचको तिक्ततालाई लिएर नेपाली भूमि प्रयोग हुन नहुने भन्दै सरकारले सबै सुरक्षा निकायलाई अलट गराएको छ ।
गृह मन्त्रालयले सीमा नाकामा निगरानी गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । कुनै पनि शंकास्पद व्यक्ति वा समूहलाई नेपाल प्रवेशमा कडाई गर्न मन्त्रालयले निर्देशन दिएको छ ।











प्रतिक्रिया