तीन वर्षसम्म पुँजी वृद्धि नगर्ने ब्रोकरले फेरि २ वर्ष समय मागे


काठमाडौं।

तीन वर्षसम्म पुँजी वृद्धि गर्न चुपचाप बसेका स्टक ब्रोकरहरू समय सीमा सकिने बेलामा म्याद थप गराउनका लागि दौडधुपमा लागेका छन् ।
नेपाल धितोपत्र बोर्डले बोर्डले २०७९ साल भदौमा सबै ब्रोकर कम्पनीहरूलाई ३ वर्षभित्र न्यूनतम २० करोड रुपियाँ चुक्ता पुँजी पु¥याउनुपर्ने नीति ल्याउँदै २०८२ असार मसान्तसम्मको समय सीमा दिएको थियो । तर, उक्त अवधिभित्र ५० पुराना ब्रोकर कम्पनीमध्ये अधिकांशले पुँजी पु¥याउन सकेका छैनन् । न्यूनतम चुक्ता पुँजी पु¥याउने म्याद सकिन करिब दुई महिना मात्रै बाँकी रहँदा धितोपत्र क्षेत्रको नीतिगत सुधार तथा ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको समय सीमा थप गर्न माग गर्दै बोर्डमा दबाब दिन पुगेका हुन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपाललेको नेतृत्वमा गएका ब्रोकरहरुले २० करोड रुपियाँ चुक्ता पुँजी पु¥याउने समय सीमा दुई वर्ष थप अर्थात् आगामी २०८४ असार मसान्तसम्म बढाउन माग गरेको छन् । एसोसिएसनले धितोपत्र व्यवसायी, दलाल तथा व्यापारी) नियमावली, २०६४ मा संशोधनका लागि प्रस्ताव पेश गर्दै उक्त माग गरेको हो ।

हालसम्म ५० वटा पुराना कम्पनीमध्ये झन्डै तीन दर्जनले पुँजी पु¥याउन बाँकी रहेको जनाइएको छ । बोर्डले पुँजी नपुगेका कम्पनीहरुलाई गत पुस मसान्तसम्म पुँजी वृद्धिको योजना बुझाउन निर्देशन दिएको थियो । केही कम्पनीले बोनस, हकप्रद वा मर्जरमार्फत पुँजी वृद्धि गर्ने कार्ययोजना बोर्डमा बुझाए पनि त्यसअनुसार प्रक्रिmया शुरु गरेका छैनन् । तीन वर्षसम्म पुँजी बढाउन प्रयास नगर्ने कम्पनीले म्याद थप भए पनि फेरि पुँजीवृद्धि गर्छन् भन्ने ग्यारेन्टी नभएको हुँदा म्याद थप्ने भन्दा पनि मर्जर वा प्राप्तिका लागि प्राथमिकता दिने बोर्ड स्रोतका भनाइ छ । पुँजी नपुगेका कम्पनीहरु प्राइभेट भएको हुँदा उनीहरुलाई अझै साधारण सभा गर्न समय पर्याप्त रहेको बोर्ड स्रोतले नेपाल समाचारपत्रलाई बतायो । साथै नियमावलीमै व्यवस्था भएको हुँदा तत्काल संशोधन गर्न गाह्रो पनि रहेको बोर्डको भनाइ छ।

केही ब्रोकर कम्पनीहरू कारोबार न्यून हुनु, ग्राहक आधार कमजोर र सञ्चालन खर्च उच्च भएकाले पुँजी जुटाउन सकेका छैनन् । बोर्ड स्रोतका अनुसार पुँजी नपुगेका कम्पनीहरुले २ करोडदेखि १८ करोड रुपियाँसम्म पुँजी थप्नुपर्ने अवस्था रहेको छ । बोर्डले २०७९ भदौमा नयाँ ब्रोकरलाई अनुमति दिँदै २० करोडदेखि १ अर्ब ५० करोड रुपियाँ पुँजी तोकेर ३ तहमा वर्गीकरण गरेको थियो । जसमध्ये सीमित कार्य गर्ने ब्रोकरको २० करोड तथा पूर्णकार्य गर्नेलाई ६० करोड तथा स्टक डिलरका कम्पनीका लागि १ अर्ब ५० करोड रुपियाँ पुँजी रहेको छ । हाल २ वटा स्टक डिलर र पूर्णकार्य गर्ने ३ कम्पनी रहेका छन् । नयाँ लाइसेन्स खुलाउँदै गर्दा पुराना कम्पनीलाई ३ वर्षभित्र २० करोड चुक्ता पुँजी कायम गर्न निर्देशन दिइएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज ,नेप्से) का अनुसार हाल २ स्टक डिलरसहित ९२ वटा स्टक ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् । ब्रोकर कम्पनीहरूमध्ये ५० पुराना र ४२ नयाँ हुन् । तीन वर्षसम्म चुक्ता पुँजी नपु¥याउने ब्रोकर कम्पनीहरूमा हालसम्म पुँजी नपुगेका कम्पनीहरुमा ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट प्रालि, प्रज्ञान सेक्युरिटिज प्रालि, नेपाल स्टक हाउस प्रालि, प्राइमो सेक्युरिटिज प्रालि, त्रिशूल सेक्युरिटिज एण्ड इन्भेस्टमेन्ट प्रालि, साउथ एसियन बुल्स प्रालि, निभ सेक्युरिटिज प्रालि, क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज प्रालि, भृकुटी स्टक ब्रोकर कम्पनी प्रालि रहेका छन् । त्यस्तै कुमारी सेक्युरिटिज प्रालि, अरुण सेक्युरिटिज प्रालि, मार्केट सेक्युरिटिज एक्सचेन्ज कम्पनी प्रालि, आशुतोष ब्रोकेरेज एण्ड सेक्युरिटिज प्रालि, मल्ल एण्ड मल्ल स्टक ब्रोकर कम्पनी प्रालि, त्रिदेव ब्रोकेरेज हाउस प्रालि, एबीसी सेक्युरिटिज प्रालि, सगरमाथा सेक्युरिटिज प्रालि, सिप्ला सेक्युरिटिज प्रालि, मिडास स्टक ब्रोकर कम्पनी प्रालि,सिप्रबी सेक्युरिटिज प्रालि, स्वेता सेक्युरिटिज प्रालि, एसियन सेक्युरिटिज प्रालि, सेक्योर्ड सेक्युरिटिज प्रालि, सुमेरु सेक्युरिटिज प्रालि, इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालि, सेवा सेक्युरिटिज प्रालि श्रीहरि सेक्युरिटिज प्रालि, दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रालि, क्रिएटिभ सेक्युरिटिज प्रालि र कालिका सेक्युरिटिज प्रालिलगायत रहेको बोर्डले जनाएको छ ।

यसैगरी एसोसिएसनले ब्रोकरहरूले कार्यक्षेत्र विस्तारको मागसमेत अघि सारेको छ । सीमित कार्य गर्ने दलाल सेवाभित्र ग्राहक आदेशमा शेयर खरिदबिक्री, केन्द्रीय निक्षेप तथा राफसाफ सेवा, प्रोप्राइटरी तथा मार्जिन कारोबार, लगानी व्यवस्थापन सेवा जस्ता थप अधिकारहरू प्रदान गर्नुपर्ने माग रहेका छन् ।
त्यस्तै पूर्ण कार्य गर्ने दलाल सेवामा लगानी सल्लाह, योग्य संस्थागत लगानीकर्ताको रूपमा काम गर्न पाउने सुविधा, साथै एक आर्थिक वर्ष पूरा भएपछि प्राथमिक शेयर निष्कासनको अनुमति दिनुपर्ने प्रस्ताव राखिएको छ ।

धितोपत्र दलाल सेवा सञ्चालन दलालले एक आर्थिक वर्ष पुरा भएपश्चात धितोपत्र दलाल कम्पनीको प्राथमिक शेयर निष्कासनको लागि अनुमति प्रदान गर्नुपर्ने पनि माग छ । पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा अन्तर्गत सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा अन्तरगतका सबै कार्यहरु सहित, लगानी एडभाइजरी सेवा, बोर्डले तोके बमोजिम योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न पाउनुपर्ने जनाएका छन् ।