शिक्षकसँगकाे वार्तामा गृहमन्त्री लेखकको इन्ट्री


काठमाडौं । 

सरकार र आन्दोलनरत शिक्षक महासंघबीचमा  वार्ता जारी रहेको छ। हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो २ः०० बजेबाट पुनः वार्ता सुरु भएकाे हाे । सो वार्ता शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तकाे नेतृत्वमा शिक्षा मन्त्रालयमा जारी रहेको छ ।

 वार्ता जारी रहेका बखतमा गृह मन्त्री रमेश लेखक पनि प्रवेश गरेका छन् । 

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदवाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।

 यद्यपि, वार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर-माइतीघर खण्डमा जारी राखेकाे अध्यक्ष लक्ष्मीकिशाेर सुबेदीले जानकारी दिए ।