काठमाडौँ।
भारत कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन भएको छ ।
आतङ्कवादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यवद्धता जनाउँदै काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो ।
उनीहरूले हिन्दुको हत्या बन्द गर, पाकिस्तानी सेना मुर्दावाद, आतङ्कवाद मुर्दावाद, आतङ्ककारीलाई कारबाही गर, मानवताको रक्षा गर लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।











प्रतिक्रिया