अनुप्रियालाई कोस्टारको अस्वाभाविक उत्तेजनाले असहज


पद्मावत, टाइगर जिन्दा हे, वारजस्ता फिल्ममा काम गरेकी बलिउड अभिनेत्री अनुप्रिया गोयनकाले हालै फिल्ममा सँगै काम गरेका अभिनेताहरूसँगको अनुभव सेयर गरेकी छन्।

साे क्रममा उनले आफूलाई सहकलाकारको उत्तेजनाबाट असहज महसुस भएको खुलाएकी छन्। ‘सुटिङको क्रममा को–स्टारले थुप्रै पटक यस्तो व्यवहार गरेका छन्, जसले मलार्ई असहज महसुस गराएको छ’ युट्युबर सिद्धार्थ कन्ननसँगको कुराकानीमा अनुप्रियाले भनेकी छिन् ‘यस्तो दुईपटक भयो। पहिलोपटक मैले किसिङ सिनको सुटिङको क्रममा त्यो व्यक्तिमा एक अजीव उत्तेजना भएको महसुस गरे, जुन हुनु हुँदैन थियो। म प्रष्ट देखिरहेको थिए कि उनी उत्साहित थिए।

जसले मलाई अजीव महसुस गरायो र असहज बनायो।’ अनुप्रियाले कोस्टारको नाम नलिई भनेकी छिन् ‘एक सिनमा जब म सो सिनका लागि ठीकसँग आरामदायक अवस्थामा थिइन। त्यतिबेला मेरो को–स्टारले यस्तो तरिकाले समाते, जुन आवश्यक थिएन। मलाई लाग्छ कि एक पुरुषको रूपमा उनीहरूले यो बुझ्नुपर्छ कि यस्ता सिनमा कम्मरमा हात राख्नु सामान्य हुन्छ। तर उनले मेरो बटको नजिक हात राखे, जुन सही थिएन।

पछि मैले आफैँले उनको हात माथि राखेर यहाँ राख्नुहोस्, तल होइन भने।’ अनुप्रियाले यस्तो सिन गर्ने बेला सेटमा इन्टिमेसी कोअर्डिनेटरको आवश्यकता रहेको समेत बताइन्। अनुप्रियाले बबी, जासूस, पाठशाला, सर, मेरा देशकी धरती र बर्लिनजस्ता फिल्मका साथै सिक्रेट गेम्स, अभय, क्रिमिनल जस्टिस, सुल्तान अफ दिल्लीजस्ता वेब शोमा पनि अभिनय गरेकी छन्।