काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७३ जनालाई थप हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
मंगलबार राज्यविरुद्धको कसुरमा पक्राउ परेकालाई १५ दिन र आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकालाई २० दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
मिश्र र राणासहितका २० आरोपितलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ । उनीहरूलाई तेस्रो पटक १५ दिन हिरासतमा राख्न जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले अनुमति दिएका हुन् ।
यस्तै आपराधिक उपद्रवमा ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीहरूले चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन गर्दा व्यक्ति तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए ।
७३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्हरीले प्रसाईंसहितका फरारको पनि खोजी गरिरहेकोक छ।











प्रतिक्रिया