काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दिपक सिंहले नेपालमा बंगलादेश र श्रीलंकाजस्तो अवस्था आउने चेतावनी दिएका छन् । उनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई पनि देश जोगाउनका लागि राजसंस्थाको पक्षमा उभिन आह्वान गरे।
आज आयोजित राप्रपाको आमसभामा बोल्दै सिंहले भने, ‘यो सभामा मैले कांग्रेस, एमाले र माओवादीका पनि धेरै राष्ट्रवादी साथीहरु देखिराखेको छु । देश र जनता बचाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको छ । यो तस्करले चलाएको भ्रष्ट सरकारलाई जडबाट उखेलेर फ्याकिदिउँ । अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउने छ ।’
सिंहले गत चैत १५ गते सरकारले नै पत्रकार सुरेश रजकको हत्या गरेको उनले दाबी गरे ।











प्रतिक्रिया