विश्व स्वास्थ्य दिवस: स्वस्थ सुरुवात, संवृद्ध भविष्यको मूल नारामा सम्पन्न


काठमाडौँ। 

दिगो विकास लक्ष्यमा उल्लिखित मातृ मृत्युदरको विश्वव्यापी लक्ष्यले मातृ मृत्युदर ७० प्रति १ लाख जीवित जन्मसम्ममा घटाउने लक्ष्य राखेको छ । यस लक्ष्यले संसारभरका महिलाहरूको जीवनको सुरक्षा गर्ने र सबैका लागि गुणस्तरीय मातृ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

 दिगो बिकास लक्ष्यले प्रत्येक देशलाई नवजात शिशु मृत्युदर प्रति १ हजार जीवित जन्ममा १२ वा सो भन्दा कम गरी प्रत्येक नवजात शिशुको स्वास्थ्य जीवनको उत्कृष्ट सुरुवात होस् भन्ने सुनिश्चित गर्ने लक्ष्य राखेको स्वास्थ्य सचिव डा.विकास देवकोटाले बताए । 

त्यसैगरी प्रत्येक नवजात शिशु दिगो विकास लक्ष्यको कार्य योजना रोकथाम गर्न सकिने मृत जन्म उन्मूलन गरी प्रत्येक गर्भावस्थाको नतिजा स्वस्थ तथा जीवित जन्म होस् भन्ने सुनिश्चितताका लागि सन् २०३० सम्ममा प्रति १ एक हजार कुल जन्ममा मृत जन्मलाई १२ वा सो भन्दा कम गर्ने लक्ष्य राखेको छ ।

नेपालमा सन् १९९६ मा ५३९ रहेको मातृ मृत्युदर सन् २०२३ सम्ममा ७१.५% ले घटेर १४२ पुगेको छ । यही अवधिमा नवजात शिशु मृत्युदर ५० बाट घटेर १६.६ प्रति १ हजार जीवित जन्ममा पुगेको छ । त्यस्तैगरी, मृत जन्म २००१ मा ३० बाट घटेर २०२३ सम्ममा १३.५ प्रति १ हजार जन्ममा पुगेको छ । यी सबै रोकथाम गर्न सकिने मृत्युहरुको न्यूनीकरण दर कायम भएमा, नेपालले मातृ मृत्यु, मृत जन्म र नवजात शिशु मृत्युदरको सन् २०३० सम्ममा लक्ष्य हासिल गर्ने अनुमान गरिएको छ ।

नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा स्थापित गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ तथा जनस्वास्थ्य ऐन २०७५ ले प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवा मार्फत हरेक नागरिकलाई निःशुल्क रूपमा सेवा पुर्याउने लक्ष्य लिएको छ । संविधान तथा ऐन प्रदत्त अधिकार तथा हकमा बच्चा जन्माउने क्रममा महिलाहरुको ज्यान जानुहुन्न भन्ने कुरालाई नेपाल सरकारले उच्च प्राथमिकता प्रदान गरेको जनाएको छ ।

यी उल्लेखनीय उपलब्धिहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयः महिला, र अन्य सम्बन्धित मन्त्रालयहरू तथा साझेदार बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय संघसंस्थाहरूसंगको संयुक्त प्रयासमा भएका पहल र क्रियाकलापहरूको प्रतिफल भएको जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्न र स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न लक्षित योजना, रणनीति र कार्यक्रमहरू तर्जुमा गरेको सोमबार स्वाथ्य तथा जनसंख्या मन्त्रालय तथा स्वाथ्य सेवा विभाग अन्र्तगतका निकायद्धारा आयोजित कार्यक्रममा जानकारी गराइयो । 

मातृ तथा नवजात शिशु स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुः

१. गर्भवती सेवा तथा सुत्केरी सेवा निरन्तरता

खतराको पहिचान र गर्भावस्थासँग सम्बन्धित रोगहरुको रोकथाम तथा व्यवस्थापन

स्वास्थ्य शिक्षा तथा प्रवर्धन

जन्म तथा जटिलता तयारी योजना ८ पटक गर्भवती जाँच, ४ पटक

सुत्केरी जाँच

२. आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम

स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई यातायात खर्च

४ पटक स्वास्थ्य संस्थामा गर्भ जांच गरी संस्थागत सुत्केरी भएका महिलाहरुलाई उत्प्रेरणा खर्च सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क नवजात शिशु सेवा

जिल्ला अस्पताल र सो भन्दा मुनिका स्वास्थ्य संस्थाहरुमा सुत्केरी महिलाहरुलाई न्यानो झोला स्वास्थ्य संस्थालाई निः शुल्क प्रसुती सेवा दिए वापत इकाइ मूल्य

३. सुत्केरी कुरुवा घर २४ वटा पहाड तथा हिमाली जिल्लाहरुमा 

४. ग्रामिण 

५. सुत्केरी घर भेट कार्यक्रम (दोस्रो र तेस्रो सुत्केरी जाँचको बेला)

६. अस्पताल तथा पालिकाहरुमा आकस्मिक प्रेषण कोषः विपन्न वर्गलाई

७. पहाड तथा हिमाली जिल्लाहरुका स्वास्थ्य संस्थामा सुत्केरी वार्डमा जभबतष्लन कथकतझ 

८. स्वास्थ्य संस्थाहरुमा गर्भवती तथा सुत्केरी सेवाको उपलब्धता तथा सेवाको निरन्तरताका लागि डाक्टर तथा नर्सहरुको करार भर्नाको व्यवस्था

९. मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य

१०. प्रसुती पश्चात हुने रक्तश्राबको रोकथाम 

११.सुरक्षित गर्भपतन सेवा

१२.सिजेरियन सेक्शनको नियमनका लागि कार्यक्रम 

१३.मातृ मानसिक स्वास्थ्यको लागि “आमाको मन“ कार्यक्रम 

१४.स्वास्थ्य कर्मीहरुको लागि अभिमुखीकरण कार्यक्रम

१५.स्वास्थ्य संस्थाहरुमा स्थलगत अनुशिक्षण कार्यक्रम

प्रसुती पश्चात हुने रक्तस्राव, उच्च रक्तचाप र गर्भ रहनु पूर्वको आमाको स्वास्थ्य समस्या जस्ता जटिलताहरू मातृ मृत्युका प्रमुख कारणहरू हुन् । मातृ तथा नवशिशु कार्यक्रममा घट्दो बजेट प्रवाह, दक्ष सेवा प्रदायकको कमी, आवश्यक मेडिकल औजार तथा उपकरणहरुको अभाव, बर्थिंग सेन्टरबाट प्रवाह हुने सेवाको गुणस्तर कायम गनुपर्ने उल्लेख गरिएको छ । 

 चुनौती, दुर्गम तथा विकट क्षेत्रहरुमा शल्यक्रियाद्वारा हुने प्रसुती सेवा तथा सेवाको निरन्तरतामा समस्या, जस्ता कारणहरुले पनि कार्यक्रमगत उपलब्धि हासिल गर्न चुनौतिपुर्ण अवस्था रहेको छ । यसका अतिरिक्त शिक्षा, सामाजिक–सांस्कृतिक कारकहरू, सेवाको सर्वव्यापी पहुँचमा कमी, प्रेषण प्रणालीमा अवरोध, बाल विवाह, किशोरावस्थामा गर्भधारण, जलवायु परिवर्तन, द्वन्द्व तथा विभिन्न विपदहरू समेत ध्यानमा राख्नुपर्छ ।  आमा तथा नवजात शिशु कार्यक्रमका लागि थप चुनौतीका रुपमा रहेका छन् । यी समस्याहरुलाई समाधान गर्नका लागि मातृ तथा नवजात शिशु क्षेत्रमा काम गर्ने सम्पूर्ण सरोकारवालाहरु, दातृ निकायहरु तथा नेपाल सरकार एक जुट भएर लाग्न जरुरी छ । गर्भावस्था एक विशेष अवस्था भएकोले सम्पूर्ण परिवार तथा समाजले सकारात्मक वातावरण निर्माण गर्न अत्यावश्यक रहेको डा.देवकोटाले बताए।