शिक्षकका माग सम्बोधन गर्न तिलोत्तमा नगरपालिकाको सरकारलाई अनुरोध

2.82k
Shares

बुटवल  

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आन्दोलनरत शिक्षकहरुका मागलाई सम्बोधन गरी काममा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

सरकार र महासंघ (नेपाल शिक्षक महासंघ) बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्न र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले विज्ञप्ती जारी गदै माग गरेका छन् 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा जसका कारण यस नगरपालिका र देशैभरको आगामी शैक्षिक सत्रको भर्ना अभियान लगायत शशैक्षिक गतिविधि पठनपाठन कार्यहरु प्रभावित भएको नगर प्रमुख खाम्नद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् । 

सरकारले विगतमा महासंघसंग भएका सम्झौता अनुरुप जायज मागहरुलाई गम्भिरता पूर्वक विचार गरी शीघ्र प्रक्रियाद्धारा विद्यालय  शिक्षा ऐन जारी गरी समसया समाधान गर्न अनुरोध समेत नगर प्रमुख खांणले गर्नु भएको छ ।

उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा समेत गरेका छन् । उनीहरुको हड्तालले विद्यार्थी भर्ना अभियान प्रभावित हुने सम्भावना छ ।