काठमाडौँ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भूकम्प प्रभावित म्यानमारलाई सहयोग पु¥याउँदै आएको छ । हालसम्म करिब १ सय टन औषधि, मेडिकल उपकरण र टेन्ट उपलब्ध गराएको जनाएको छ । मानवीय स्वास्थ्य सहायताको खाँचोमा परेका करिब एक करोड २९ लाख मानिसको बढ्दो र विकसित स्वास्थ्य आवश्यकता पूरा गर्न आपत्कालीन मेडिकल टोलीको समन्वय र परिचालनमा सहयोग गरिरहेको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले दुबईस्थित आफ्नो ग्लोबल लजिस्टिक हबबाट ३५ टन सामान याङ्गुनका लागि पठाएको छ । यसअघि याङ्गुनको आपत्कालीन भण्डारबाट मान्डले, ने पी ताउ र सागाइङका लागि ६० टन ट्रमा किट, औषधि, मेडिकल र सर्जिकल उपकरण र बहुउद्देश्यीय टेन्ट उपलब्ध गराइएको थियो । स्वास्थ्य साझेदारहरूले पहिचान गरेका आवश्यकताहरू अनुसार थप जीवन रक्षक सामग्रीहरू खरीद गरिँदैछ र आगामी हप्तामा डब्ल्यूएचओको लजिस्टिक हबबाट म्यान्मारमा उडाउने तयारी भइरहेको जनाएको छ ।
भूकम्प प्रतिकार्यका लागि डब्लुएचओको सहयोगलाई मजबुत बनाउन थप विशेषज्ञहरू म्यानमार पठाइएका छन् । जसमा जमिनमा आपत्कालीन मेडिकल टोलीहरूको समन्वय पनि समावेश छ । जुन स्वास्थ्य आपत्कालीन अवस्थामा डब्ल्यूएचओले समर्थन गर्ने एक प्रमुख कार्य हो । त्यस्तै इमर्जेन्सी मेडिकल टिम्स नेटवर्क र यसको गुणस्तर सुनिश्चित चिकित्सा टोलीहरूलाई राहत प्रयासहरू र चिकित्सा हेरचाहको प्रावधानलाई समर्थन गर्न पनि पुगेको छ । डब्लूएचओले नेपी ताउ, मान्डाले र सागाइङ लगायत सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा र्यापिड रेस्पोन्स टोलीहरूको तैनातीको लागि आवश्यक जनशक्ति, औषधि, सहयोग जारी राखेको जनाएको छ ।

जोखिममा रहेका मानिसहरूलाई जीवनबचाउने स्वास्थ्य सेवाहरू प्रदान गर्ने यी टोलीहरू मार्च २९ देखि तत्काल चिकित्सा सेवा प्रदान गर्ने, छिटो मूल्यांकन गर्ने र स्थानीय स्वास्थ्य अधिकारीहरूलाई प्रकोप राहत र पुनप्र्राप्ति प्रयासहरूमा सहयोग पुर्याइरहेका छन् । मान्डाले, सागाइङ र ने पी ताउ, त्यसपछि बागो, म्यागवे, शान साउथ र इस्ट भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहुन् । प्रारम्भिक अध्ययनले उच्च जोखिममा परेको देखाएको पनि उल्लेख गरिएकोछ ।
प्रारम्भिक अध्ययन अनुसार हताहत र घाइते सम्बन्धि चोटपटकहरूको ठूलो संख्या रहेको देखाएको छ । विपद् रेखदेखका लागि तत्काल विद्युत् र पानीको आपूर्ति अवरुद्ध हुनुका साथै स्वास्थ्य सेवामा पहुँच बिग्रिँदै जाँदा पानीजन्य र खाद्यजन्य रोगको प्रकोपको जोखिम बढेको छ ।
धेरै स्वास्थ्य संस्थाहरू आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि, डब्ल्यूएचओले बिरामीहरूको चापले भरिएका अस्पतालहरूमा सेवा क्षमता विस्तार गर्न बहुउद्देश्यीय टेन्टहरू प्रदान गरेको छ । भूकम्पको केन्द्रबिन्दु सागाइङ क्षेत्रको सागाइङ बस्तीको नजिक थियो । जुन देशको आन्तरिक रूपमा विस्थापित जनसंख्याको लगभग एक तिहाईको घर रहेको क्षेत्र हो । जसमध्ये धेरैले भूकम्प आउनु अघि नै पानी, सरसफाइ, स्वच्छता र आश्रयको गम्भीर अभावको सामना गरिरहेका थिए । दुर्गम क्षेत्रका जनसंख्यासम्म पुग्न डब्ल्यूएचओले स्थानीय संस्थाहरूलाई तीव्र पानीजन्य झाडापखाला, तीव्र श्वासप्रश्वास संक्रमण र छालाको संक्रमणको उपचारका लागि चिकित्सा सामग्रीहरू प्रदान गरेको छ । डब्लूएचओका अनुसार अझै पनि सहयोग कम्मी नै छ ।
डब्लूएचओ सबै संगठन र साझेदारहरूसँग समन्वयात्मक र सैद्धान्तिक स्वास्थ्य समन्वयको सुनिश्चित गर्न काम गर्न प्रतिबद्ध छ जसले कसैलाई पनि पछाडि पार्दैन विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया