स्ववियु निर्वाचन: अनेरास्ववियु ९७ वटा क्याम्पसमा अध्यक्ष पदमा विजयी  (सूचीसहित)


काठमाडौं ।

उत्यकासहित देशभरिका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मतपरिणाम आउने क्रम जारी छ ।

पछिल्लो विवरणानुसार नेकपा एमाले निकट अनेरास्ववियु ९७ वटा क्याम्पसमा अध्यक्ष पद जितेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले ६५ वटा क्याम्पसमा जितेको छ । स्वतन्त्र र बागी उम्मेदवारले ४ वटा क्याम्पसमा जितेका छन् ।

काठमाडाैं उपत्यकाभित्रका आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शङ्करदेव, पद्यकन्या, सरस्वती, पब्लिक युथ, पाटनलगायत ११ ठूला क्याम्पसमा भने स्ववियु चुनाव हुन सकेन । हिजो भएको चुनावमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान भएको थियो ।