मन्थली क्यापसमा अखिलका उम्मेदवार विजयी, एक सदस्य नेवि संघको पोल्टामा


रामेछाप ।

रामेछाप जिल्लाको एक मात्र स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति क्याम्पसमा अखिलका उम्मेद्वारहरु विजय भएका छन् । एक सदस्यमा भने नेपाल विद्यार्थी संघका उम्मेद्वार विजय भएका छन् ।

मंगलबार भएको स्ववियु निर्वाचनको अन्तिम मत परिमाण अनुसार सभापतीमा अनेरास्वियुका सुशिल थापा २ सय ७ मतका साथ बिजय हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दि नेवि संघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गर्दा अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत प्राप्त गर्नु भएको छ ।

सचिवमा अनेरास्वियुका मुकेश भण्डारी डेनिस १ सय ८५ मतले विजय हुदाँ नेविसंघका उम्मेद्वार युवराज बुढाथोकीले १ सय ६५ र अखिल (क्रान्तिकारी) की विनिता माझीले ७० मत प्राप्त गर्नु भएको छ ।

त्यसै गरि कोषाध्यक्षमा अनेरास्वियुकी उम्मेद्वार मसली तामाङ २ सय ३ मत सहित विजय हुदाँ नेवि संघकी छाया तामाङले १ सय ३६ र अखिल क्रान्तिकारीका राजकुमार श्रेष्ठले ७९ मत प्राप्त गर्नु भएको थियो । एक सदस्य पदमा नेवि संघका कर्ण श्रेष्ठ विजय हुनु भएको छ भने बाकिँ रहेका सदस्यमा अनेरास्वियुका उम्मेद्वारहरु तुलसा उप्रेती¸ मनोज श्रेष्ठ¸ एलिना माझी र जिवन पहरी विजय हुनु भएको छ ।

मन्थली क्यापसको स्ववियू निर्वाचनका लागि नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेवि संघ¸ नेकपा एमाले निकट अनेरास्वियु र नेकपा माओवादि केन्द्र निकट अनेरास्वियु ९क्रान्तिकारी० छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । ५ सय ३१ मतदाता रहेको मन्थली सहिद स्मृति बहुमुखि क्यापसमा ४ सय २७ मत खसेको थियो ।