काठमाडौं
यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत “यामाहा ब्लु फेस्ट” भव्य रूपमा आयोजना गर्दै नयाँ एफजेड एस एफआई न्यु जेन मोटरसाइकल सार्वजनिक गरेको छ । कार्यक्रमले ग्राहक, डिलर र मोटरसाइकलप्रेमीलाई एकै स्थानमा ल्याउँदै अन्तरक्रिया, नवप्रवर्तन र उत्साहको विशेष अनुभव प्रदान ग¥यो ।
कार्यक्रमको उद्घाटन एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र ब्रान्ड एम्बेसडर अनुप विक्रम शाहीले संयुक्त रूपमा गरेका थिए। “लिड द नेक्स्ट” थिमअन्तर्गत सार्वजनिक गरिएको नयाँ एफजेड एस एफआई न्यु जेनले एफजेड सिरिजको नयाँ अध्याय सुरु गरेको छ ।
अध्यक्ष अग्रवालले यामाहा सधैं उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आकर्षक शैलीमा केन्द्रित रहेको बताउँदै एफजेड सिरिज नेपाली राइडरहरूको भरोसायोग्य रोजाइ बनेको उल्लेख गर्नुभयो। नयाँ मोडलले आधुनिक डिजाइन र सुधारिएका विशेषतासहित दैनिक प्रयोगका लागि आत्मविश्वास, स्मार्ट प्रविधि र स्टाइल प्रदान गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबिएस र वाइ–कनेक्ट जस्ता सुविधाहरूले यसलाई अझ सुरक्षित र स्मार्ट बनाएको जानकारी दिनुभयो। त्यस्तै, सेल्स हेड शैलेन्द्र अधिकारीले मूल्य, अफर र ग्राहक केन्द्रित योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो ।
ब्लु फेस्टमा एक्सचेन्ज कार्निभल पनि प्रमुख आकर्षण रह्यो, जहाँ ग्राहकहरूले पुराना मोटरसाइकल साट्न सहज सुविधा पाए । साथै, नागरकिता मार्फत तुरुन्तै फाइनान्सिङ, ४० महिनासम्मको ईएमआई सुविधा र अधिकतम ५ लाख रुपैयाँसम्म क्यासब्याक अफरसमेत उपलब्ध गराइएको थियो ।
यस कार्यक्रममार्फत यामाहाले नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै प्रिमियम कम्युटर सेग्मेन्टमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ ।











प्रतिक्रिया