काठमाडौँ।
गृहमन्त्री सुदन गुरुङले औपचारिक कार्यक्रमहरूमा ‘पिर्के सलामी’ नलिने निर्णय गरेका छन्। आइतबार नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा आयोजित एक कार्यक्रममा पुगेर उनले यस्तो निर्णय गरेका हुन् ।
सशस्त्र प्रहरीका डीएसपी लक्ष्मण बरालले स्वागत गरेको उक्त कार्यक्रममा गृहमन्त्री गुरुङले परम्परागत र तामझामपूर्ण सलामीको सट्टा सामान्य र मर्यादित कार्यशैली अपनाउने स्पष्ट पारे ।
कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, जिल्ला प्रहरी प्रमुख एसपी युवराज खड्का र राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो। गृहमन्त्रीको यो कदमलाई प्रशासनिक सुधार र सादगीको रूपमा हेरिएको छ।











प्रतिक्रिया