नुवाकोटको बेलकोटगढीमा रुख ढल्दा हाँगा लागेर एकजनाको मृत्यु, दुई गम्भीर घाइते


काठमाडौं ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित आलडाँडामा रुख काट्ने क्रममा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान आफ्नै बारीमा कुटमिरोको रुख काट्ने क्रममा रुख ढल्दा हाँगा लागेर ३३ वर्षीय प्रेमबहादुर तामाङको मृत्यु भएको बाघखोर प्रहरी कार्यालयले जनाएको छ।

सोही क्रममा रुख काट्न सघाइरहेका बेलकोटगढी–१० का माधव भुजेल र अरुण तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।