काठमाडौं ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल इरानसँग हुने उच्चस्तरीय वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। ‘एयर फोर्स टु’ विमानमार्फत भान्स शनिबार इस्लामाबाद अवतरण गरेका हुन्।
२१ वर्षपछि अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान भ्रमण हो। यसअघि सन् २००५ मा तत्कालीन उपराष्ट्रपति डिक चेनीले पाकिस्तान भ्रमण गरेका थिए।
भान्ससँगै अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टीभ विटकफ र जेरेड कुशनर पनि वार्तामा सहभागी छन्। इरानी प्रतिनिधिमण्डल भने संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफको नेतृत्वमा यसअघि नै इस्लामाबाद पुगिसकेको छ।
वार्तालाई लक्षित गर्दै इस्लामाबादमा उच्च सुरक्षा व्यवस्था गरिएको छ।











प्रतिक्रिया