काठमाडौं ।
अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल वा भुक्तानीको रसिद पेस गर्न नपर्ने स्पष्ट पारेको छ। वैदेशिक रोजगार विभागले टिकट र सेवा शुल्कको रसिद अनिवार्य भनेपछि उत्पन्न अन्योलबीच अध्यागमनले यस्तो जानकारी दिएको हो।
विभागका अनुसार श्रमिकले श्रम स्वीकृति, राहदानीलगायत आधारभूत कागजात मात्र पेस गरे पुग्नेछ। साथै, भिजिट भिसामा विदेश जानेका लागि कम्तीमा ६ महिना वैध राहदानी, हवाई टिकट र गन्तव्य देशको भिसा भए पर्याप्त हुने जनाएको छ।
अध्यागमनले नागरिकलाई भ्रममा नपरी आवश्यक कागजातसहित निर्धक्क यात्रा गर्न आग्रह गरेको छ।











प्रतिक्रिया