लखनऊ ।
दुबईबाट काठमाडौंतर्फ आउँदै गरेको फ्लाई दुबईको अन्तर्राष्ट्रिय उडानलाई भारतको लखनऊस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ। शनिबार बिहान ८ बजेर २२ मिनेटमा विमान संख्या एफजेड–११३३ लाई इन्धन कम भएका कारण आकस्मिक रूपमा अवतरण गराइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
उक्त विमानमा १५४ जना यात्रु सवार रहेका थिए। अवतरणपछि सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको विमानस्थल प्रशासनले जनाएको छ। हाल विमानमा इन्धन भर्ने र आवश्यक प्राविधिक जाँच गर्ने काम भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार कुनै मानवीय क्षति भएको छैन भने विमान केही समयपछि पुनः काठमाडौंतर्फ उडान भर्ने तयारीमा रहेको जनाइएको छ।











प्रतिक्रिया