ठमाडौँ
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०८३÷८४ का लागि सुझाव संकलन गर्ने उद्देश्यले देशव्यापी पूर्व–बजेट अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
विराटनगर, वीरगन्ज, चितवन, धनगढी, बुटवल, पोखरा र नेपालगन्ज लगायतका प्रमुख आर्थिक केन्द्रहरूमा सञ्चालन भइरहेको यस कार्यक्रममार्फत कृषिव्यवसाय, पर्यटन, सीमापार व्यापार र निर्यातमुखी उद्योगजस्ता क्षेत्रका विषयमा छलफल भइरहेको छ ।
संकलित सुझावहरूलाई एकीकृत गरी विस्तृत प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइनेछ। अभियानको अन्त्यमा वैशाख ४ देखि ६ गतेसम्म काठमाडौंमा विशेष सत्रहरू आयोजना गरिनेछ, जहाँ वित्तीय क्षेत्र, लगानी वातावरण तथा पूर्वाधार विकासका विषयमा गहन छलफल हुनेछ ।
सार्वजनिक सहभागिता बढाउन कार्यक्रमको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालमार्फत गरिने व्यवस्था पनि गरिएको छ ।











प्रतिक्रिया