काठमाडौं ।
बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्।
चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका लम्साललाई अनुसन्धानका क्रममा आज हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।
अमेरिकामा बस्दै आएकी एक युवतीले गत शुक्रबार सामाजिक सञ्जालमार्फत लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।











प्रतिक्रिया