एजेन्सी ।
सुडानमा एक विवाह समारोहमा ड्रोन आक्रमण हुँदा करिब ३० जनाको मृत्यु भएको छ ।
उत्तर डार्फरको कुतुम कस्बे क्षेत्रमा विवाह समारोहमा अचानक गरिएको आक्रमणमा महिला बालबाहिकासहित करिब ३० जनाकाे मृत्यु भएको संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टीफन दुजारिकले जानकारी दिनुभएको हाे । सूडानी सेना र अर्धसैनिक बल रैपिड सपोर्ट फोर्सेज आर.एस.एफ.बीच चलिरहेको युद्धका बीचमा यो आक्रमण भएको हो । विगत ३ वर्षदेखि दुवै समूहले एक अर्कालाई आरोप प्रत्यारोप लगाएदै सुडानमा सर्घष दिनप्रतिदिन चर्काउदै लगेको छ ।
स्थानीय मानवधिकार संगठन ‘इमरजेंसी ला‘यर्स’ र ‘रेजिस्टेंस कमेटीज’ ले सामाजिक संजालमार्फत यो आक्रमणको जिम्मेवार सूडानी सशस्त्र बल रहेको बताएका छन् । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार सन् २०२३ अप्रिलदेखि जारी दुई समूहबीचको युद्धमा अहिलेसम्म ४० हजार बढीले ज्यान गुमाइसकेका हुन् ।
तर, राहत एजेन्सीहरुले भने तथ्यांकमा उल्लेख भएको संख्या भन्दा कर्यौले बढीको ज्यान गइसकेको दावी गरेको छ ।











प्रतिक्रिया