काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विश्वास गर्न नसकिने नजिर स्थापित भएको बताएकी छन् ।
उपसभामुखमा सघाउने बचन आफूहरूलाई दिएर समर्थन गर्ने अर्को उम्मेदवारमा पुगेको भन्दै उनले यस्तो बताएकी छन् ।
उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ । लामाको उम्मेदवारीमा समर्थन जनाउँदै उनले यस्तो बताएकी हुन् ।
रास्वपाले सघाउने वचन दिएपछि उम्मेदवारी दिएको उल्लेअ गर्दै उनले भनेकी छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले उदाउँदै गरेको आफ्नो राजनीतिक इतिहासमा आफ्नै शब्द र प्रतिबद्धताप्रति विश्वास गरिहाल्न नसकिने नजिर स्थापित गरेको छ ।’











प्रतिक्रिया