ब्राजिलकी कार्डोसोले रेकर्ड राखिन्


लन्डन, (एजेन्सी)

ब्राजिलकी महिला क्रिकेटर लाउरा कार्डोसोले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा रेकर्ड राखेकी छन् । लाउराले लेसोथोविरुद्ध ९ विकेट लिएर रेकर्ड राखेकी हुन् । उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ विकेट लिने पहिलो बलर बनेकी छन् । २१ वर्षकी सिमरले यस खेलमा ३ ओभर बलिङ गर्दै ४ रन दिएर ९ विकेट लिएकी थिइन् ।
कार्डोसो एक्लैले ९ विकेट लिएपछि लेसोथोको इनिङ ६.२ ओभरमा मात्र १३ रनमा समेटिएको थियो । जबकी ब्राजिलले २ सय २ रन बनाएको थियो ।

टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघिको रेकर्ड ८ विकेटको थियो । जुन रेकर्ड २०२५ मा भुटानका सोनाम येशीले पुरुषको टी २० अन्तर्राष्ट्रियमा म्यानमारविरुद्ध ७ रन दिएर ८ विकेट लिएका थिए ।

महिलातर्फ कार्डोसोले इन्डोनेसियाकी रोहमालियाको बलिङ स्पेललाई पनि पछि पारेकी छन् । रोहमालियाले सन् २०२४ मा मंगोलियाविरुद्ध ७ विकेट लिँदा कुनै रन दिएकी थिइनन् ।