काठमाडौं।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) अन्तर्गत् फाइनल खेलमा गोल्डेनगेट बास्केटबल क्लबको सामना त्रिभुवन आर्मी क्लबसँग हुने भएको छ । बिहीबार दोस्रो क्वालिफायर खेलमा गोल्डेनगेटले टाइम्स बास्केटबल क्लबलाई ८८–५५ स्कोरले हराएर फाइनलको यात्रा तय गरेको हो । यसअघि पहिलो क्वालिफायर खेलमा गोल्डेनगेट आर्मीसँग पराजित भएको थियो ।
दोस्रो क्वाटरसम्ममा गोल्डेनगेट ४६–३७ स्कोरको अग्रतामा थियो । त्यसपछि तेस्रो क्वाटरसम्म पुग्दा गोल्डेनगेटले १६ स्कोरले अग्रता लिएको थियो । तेस्रो क्वाटरमा गोल्डेनगेटले १५–८ को अग्रता लिँदैं समग्रमा ६१–४५ को अग्रता बनाएको थियो ।
चौथो क्वाटरमा पनि गोल्डेनगेट हावी भएको थियो । गोल्डेनगेटले लगातार स्कोर गरिरहँदा टाइम्सका खेलाडीको मनोबल घटिरहेको र निरासा छाइरहेको प्रस्टै देखिन्छ । यस अन्तिम क्वाटरमा गोल्डेनगेटले टाइम्समाथि २७–१० को अग्रता बनाएको थियो ।











प्रतिक्रिया