कार्यविभाजन हेरफेर: श्रम मन्त्रालय पनि प्रधानमन्त्रीकै जिम्मामा


काठमाडौँ।

राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर गरेको हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अब प्रधानमन्त्री बालेनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक तीन मन्त्रालयको जिम्मेवारी छ ।

यसअघि रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि सम्हालिरहेका प्रधानमन्त्री बालेनलाई अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि थपिएको हो । अन्य १३ जना मन्त्रीलाई भने साबिककै जिम्मेवारीमा कायम राखिएको छ ।