काठमाडौं ।
काठमाडौंमा उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार उम्मेदवारको अन्तिम सूची आजै दिउँसो साढे २ बजे प्रकाशन गरिनेछ भने भोलि शुक्रबार निर्वाचन हुनेछ।
यसअघि प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्ने व्यवस्था भएकाले अब उपसभामुख महिला र फरक दलबाट चयन गर्नुपर्नेछ।
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल ६ दलको प्रतिनिधित्व रहेको छ, जसमा रास्वपाको बहुमत रहेको छ। उपसभामुख चयनमा दलहरूबीच सहमति कसरी जुट्छ भन्नेमा चासो बढेको छ।












प्रतिक्रिया