ओली र लेखक हाजिर जमानीमा रिहा गर्ने निर्णय


काठमाडौँ ।

सर्वोच्च अदालतको परमादेशपछि प्रहरीले केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गरेको छ। सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने’ शर्तसहित दुवैलाई मुक्त गरिएको हो।

भदौ २३–२४ को घटनाबारे छानबिन गर्न गठित आयोगको सिफारिसपछि चैत १४ मा पक्राउ परेका उनीहरूलाई प्रहरीले तेस्रो पटकसम्म म्याद थपेर हिरासतमा राखेको थियो। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चौथो पटक म्याद नथप्न आदेश दिँदै आवश्यक परे हिरासत मुक्त गरेर थप अनुसन्धान गर्न निर्देशन दिएको थियो।

सोही आदेशअनुसार म्याद सकिएपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।